प्रवास

खाडीमा कार्यरत रामकृष्ण भण्डारीले जिते १० करोडको चिट्ठा

खाडीमा कार्यरत रामकृष्ण भण्डारीले जिते १० करोडको चिट्ठा
भदौ – २० । खाडीमा रहेका एक नेपाली युवाको भाग्यकै कारण करोडपती बनाएको छ । नेपाली नागरिक रामकृष्ण भण्डारीको जसले विदेशी भूमिमा १० लाख अमेरिकी डलर (१० करोड ७० लाख नेपाली रुपैयाँ) को चिट्ठा जितेर भाग्यमानी भएका छन् । संयुक्त अरब इमिरेट्स युएई अबुधाबीको एक कम्पनीमा कार्यरत भण्डारीले ‘सेन्सेसनल बिग टिकट ड्र १७१’ मा मोटो रकमको चिट्ठा आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । डिएफएस अबुधाबीको वेबसाइटमा सेप्टेम्बर ५ तारिख सोमबारका दिन चिट्ठाको नतिजा प्रकाशित गरिएको थियो । जसको शीर्ष स्थानमा नेपाली नागरिक रामकृष्ण भण्डारीको २३४१७ टिकट नम्बर परेको थियो । भण्डारीलगायत अन्य १४ जना बिजेताको नाम पनि उक्त सूचिमा प्रकाशित गरिएको छ । बिजेता १५ जनामध्ये १० जना भारतीय रहेका छन् । अन्य दुई फिलिपिन्सका नागरिक रहेका छन् । एक पाकिस्तानी र एक जिम्बाब्वेका नागरिकलेसमेत चिट्ठा जितेका छन् । एजेन्सी

Ramkrishna Bhandari UAE

विशेष