समाज

सहमतीपछि आफन्तले शव बुझे

सहमतीपछि आफन्तले शव बुझे
death-main भदौ – २० । गर्भपतन गराउने क्रममा ज्यान गुमाएकी खोटाङ, धितुङ–६ की ३९ वर्षीय टलकुमारी राईका आफन्तले शव बुझेका छन् । गर्भपतनकै क्रममा पाठेघर सफा गर्दा स्वास्थ्यकर्मीको कमजोरीले सिकिस्त बिरामी बनेकी राईको गत आइतबार मृत्यु भएको थियो । पीडित पक्षको माग आंशिक पूरा भएका कारण शव जिम्मा लिइएको मृतकका दाजु ज्ञानु सेरालुङ राईले बताए । मृतक परिवारलाई राहत स्वरुप ५ लाख उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय समक्ष माग गर्नुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा मृतक परिवारको सदस्यको योग्यताको आधारमा रोजगारीका लागि पहल हुने भएको छ । मृतक परिवारका बालबच्चाको शिक्षादिक्षाको व्यवस्थाका लागि सवैपक्षले पहल गर्ने सहमती पछि शव जिम्मा लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए । मृतक परिवारलाई मृतकको दाहसंस्कार र काजक्रियाका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट तत्काल ४० हजार दिइएको र आगामी १५ दिनभित्रमा ६० हजार दिने सहमती भएको छ । वर्षा भइरहेका कारण शवलाई ट्याक्टरमा हालेर गाउँ पु-याउँन आफन्तलाई कठिनाई भइरहेको छ ।

Death in the hospital Khotang Hospital

विशेष