मनोरञ्जन

अभिताब बच्चनले नातिनीलाई चिठी लेख्नुकाे के छ रहस्य ?

अभिताब बच्चनले नातिनीलाई चिठी लेख्नुकाे के छ रहस्य ?
भदौ–२० । बलिउडका स्टार अभिताब बच्चनको अहिले ट्विटरमा निकै चर्चा भइरहेको छ । उनले आफ्ना नातिनी आराध्या र नभ्यालाई लेखेको चिथि ट्विटरमा प्रकाशित भएपछि उनको चर्चा बढेको छ ।  उनले त्यस चिठी लेख्नुको कारण के थियो भन्ने प्रश्न पनि उब्जिएको छ । Amitabh bachna with granddaughter उनले चिठीमा उनका नातिनीहरुको कलिलो काँधमा महत्वपूर्ण विरासतको जिम्मेवारी पाउनकाे साथै अाफ्नाे थरको प्रसिद्धी, गौरव र चिनारी रहेको बताएका छन् । उनले उनीहरु नारी भएकै कारण अन्य व्यक्तिले विचार र सिमा लाद्ने प्रयास गर्ने तर अरुको विवेकको छायाँमा नचल्नू, नबाँच्नू भनेका छन् । आफ्नो विवेकमा निर्णय लिनु तर कपडाको आधारमा विवेक कति छ भन्ने भान पनि पर्न नदिनु समेत भनेका छन् । उनले भनेका छन्– ‘आफूलाई मन नपरी विवाह नगर्नु । मान्छेहरूले कुरा गर्नेछन् । उनीहरूले अवश्य पनि केही डरलाग्दा कुरा समेत गर्नेछन् तर त्यसको मतलब तिमीहरूले उनीहरूको कुरा सुन्नै पर्छ भन्ने होइन । कहिल्यै मतलब नगर मान्छेहरू के भन्छन्– ‘लोग क्या कहेङ्गे ।’ आखिरमा आफैँले आफ्नो कर्मको परिणाम भोग्ने हो । त्यसकारण कहिल्यै पनि अरुहरुलाई आफ्नो बारेको निर्णय गर्न नदिनु भनेर सम्झाएका छन् अभिताबले चिठीमा । उनले चिठीको अन्त्य तिर आफ्नो निकै नै भावुक शब्द यसरी पोखेका छन् । नभ्या, नारी भएका कारण तिम्रो नामबाट प्राप्त सुविधाले तिमीलाई जोगाउने छैन । आराध्या, यो सबै कुरा तिमीले देख्ने र बुझ्ने हुँदा सम्भवत म नहुन सक्छु । तर मैले अहिले भनेका कुरा त्यतिखेर पनि सान्र्द्भिक नै हुनेछन् । यो सा¥है असहज हुन सक्छ । महिला भएर बाँच्न संसार असहज नै होला । तर म विश्वास गर्छु कि तिमीजस्तै नारीहरूले यो सबै कुरालाई परिवर्तन गर्नेछौ । यो गर्न असहज होला, आफ्नै सिमाहरु निर्धारण गर्न, आफ्नै रोजाई स्थापित गर्न र मान्छे र समाजको विचारभन्दा माथि जान । तर तिमीहरू जहाँसुकैका महिलाहरुका लागि उदाहरण बन्न सक्छौ । यसो गर र तिमीहरूले मैले गरेभन्दा धेरै गरेको ठहर्नेछ । र, त्यतिखेर मलाई अमिताभ बच्चन होइन, तिमीहरूको हजुरबाको रूपमा चिन्न पाउँदा गौरव हुनेछ । सम्पूर्ण मायासहित तिमीहरूको हजुरबा अमिताभ https://twitter.com/SrBachchan/status/772771889798270976 Amithbh bachan latter 1 Amitabh latter 2 Amitabh Latter 3  

Amitabh Bachan letter for Granddaughter amitabh bachhan

विशेष