समाज

शिक्षक पाैडेल र हाेटेल ब्यवसायी श्रेष्ठ सम्मानित

शिक्षक पाैडेल र हाेटेल ब्यवसायी श्रेष्ठ सम्मानित
भदाै - २० । तनहुका शिक्षक इन्द्रप्रसाद पौडेललाई पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार– २०७३ र पर्यटन व्यवसायी अम्बिका श्रेष्ठलाई पी.पी. प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०१६ द्वारा सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिन् । Shreshta शिक्षक पौडेल श्री सत्यवती उच्च माध्यमिक विद्यालय, दमौलीमा अध्यापन गराउँदै अाएका छन् । श्रेष्ठ द्वारिकाज रिर्सोट एण्ड होटलकी अध्यक्ष तथा नेपालकी एक सफल पर्यटन उद्यमी महिला हुन् । यसैगरि हरेक वर्ष प्रत्येक विकास क्षेत्रका उत्कृष्ठ शिक्षकलाई प्रदान गरिने उत्कृष्ठ शिक्षक पुरस्कार– २०७३ यो वर्ष पुर्वाञ्चलबाट श्री विद्योदय निम्न माध्यमिक विद्यालयका नरपति पाण्डे, मध्यमाञ्चलबाट श्री पद्म उच्च माध्यमिक विद्यालयका राम हाडा, पश्चिमाञ्चलबाट गणेश माध्यमिक विद्यालयका चुडामणि सुवेदी, मध्य पश्चिमाञ्चलबाट श्री बाल मन्दिर प्राथमिक विद्यालयकी वीणा मल्ल, र सुदुर पश्चिमाञ्चलबाट श्री जनशक्ति प्राथमिक विद्यालयका टेक बहादुर विश्वकर्मालाई प्रदान गरिएको छ । Paudel प्रतिष्ठानले शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु-याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार सहित ५० हजार नगद र पांच विकास क्षेत्रमा उत्कृष्ठ शिक्षक पुरस्कार सहित २५ हजार नगर र विजयी सबै विद्यालयलाई १० हजार बराबारको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । पर्यटन व्यवसायी प्रजापति प्रसाईंको ग्रामीण क्षेत्रसम्म शिक्षा र पर्यटनको विकास गर्ने सपनालाई मुर्त रुप दिन २०६७ साल फागुन ६ गते पी.पी. प्रसाई फाउण्डेसनको गठन गरिएको हो । प्रसाईंको आजकै दिन विस २०५६ भदौं २० (५ सेप्टेम्वर १९९९) मा हवाई दुर्घटनामा परि निधन भएको थियो ।  

Ambika Shrestha bidhya debi bhandari Inder Prasad Paudel PP Prashai prize

विशेष