समाज

निर्वाचनको मिति घोषणा गर्न सर्वोच्च अदालतमा रिट दायर

निर्वाचनको मिति घोषणा गर्न सर्वोच्च अदालतमा रिट दायर
Sarboccha-Adalat भदौ  - २०। सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसदलगायतलाई विपक्षी बनाई अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, विमल ज्ञवाली, लिलाधर उपाध्याय र शशीकुमार कार्कीले दायर गरेको रिट निवेदनमा सो माग गरिएको हो । रिट निवेदनमा भनिएको छ, “निर्वाचन क्षेत्र निर्धारण आयोग र प्रदेशको सिमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन सङ्घीय आयोग गठन गरी सोअनुसार कानुन निर्माण गरेर सङ्घीय प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरी संविधान कार्यान्वयन गरियोस् ।” रासस

Adalat adalat jajarkot nirbachan

विशेष