समाज

तीजको अन्तिम दिन ऋषिपञ्चमी पर्व मनाइँदै

तीजको अन्तिम दिन ऋषिपञ्चमी पर्व मनाइँदै

Rishi-Panchami

भदौ २१ । तीजको अन्तिम दिन आज हिन्दू नारीले ऋषिपञ्चमी पर्व मनाउँदैछन् । आज बिहान सबेरै जलाशय, नदी तथा पोखरीमा विशेष किसिमले स्नान गर्ने चलन छ । स्नानअघि ३ सय ६५ दत्तिवनले दाँत माझ्ने तथा चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने गर्दछन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने र ब्रह्मणलाई दान दक्षिणा दिने गरिन्छ । वर्तालुले आज कर्कलाको तरकारी संग एक छाक मात्रै खाने गर्दछन् ।

आजको दिन पतिव्रता अरुन्धतीको पूजा गर्नाले महिलाको रजोदोषलगायत सबै दोष नाश भई यस लोकमा सुख समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने धार्मिक विश्वास छ । पूजापछि नाचगान तथा भजनकिर्तन गरी तीजको ब्रत समापन गर्ने गरिन्छ ।

Rishi Panchami

विशेष