स्पेनद्वारा लिचेन्टेनमाथि गोलको वर्षा, स्पेन ८–० ले विजयी


भदौ २१ । विश्वकप २०१८ को छनौट प्रतियोगितामा स्पेनले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको आफ्नो पहिलो खेलमा लिकटनस्टाइनमाथि ८–० को जित निकालेको हो । एकपक्षीय खेलमा स्पेनका डिएगो कोस्टा, सिल्भा र मोराटाले समान दुई गोल गरे ।
पहिलो हाफमा १–० ले अगाडी रहेको स्पेनले दोस्रो हाफमा ७ गोल थप्न सफल भयो । खेलको ५५ औं मिनेटमा रोबर्टो, ५९ मा सिल्भा, ६० औ मिनेटा भिटोलोले गोल गरे त्यस्तै ६७ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरे । ८२ र ८४ औं मिनेटमा मोराटाले गोल गरे भने ९० औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेन ८–० ले विजयी भयो ।
Spain Football sports