समाज स्वास्थ्य

स्वास्थ्य चौकी निर्माणमा साढे ६ लाखको जग्गा दान

स्वास्थ्य चौकी निर्माणमा साढे ६ लाखको जग्गा दान

Health post भदौ २१ । म्याग्दीको ओखरबोटमा रहेको स्वास्थ्य चौकीलाई स्थानीय बासिन्दाले करिब साढे छ लाख रुपैयाँ मूल्य बराबरको जग्गादान गरेका छन् । स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय बासिन्दाले छ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको चार रोपनी तीन पैसा तीन दाम क्षेत्रफल भएको जग्गादान गरेको ओखरबोट गाविसका सचिव रमाकान्त घिमिरेले जानकारी दिए ।

ओखरबोट–४ निवासी स्वास्थ्य चौकी व्यवस्थापन समितिका पूर्वअध्यक्ष स्वर्गीय पूर्णबहादुर घर्तिमगरको स्मृतिमा उनकी श्रीमती हस्ती घर्तीले चार लाख ३५ हजार रुपैयाँ मूल्य पर्ने तीन रोपनी पाँच आना तीन दाम जग्गादान गरेकी हुन् ।

यसैगरी, ओखरबोट–७ का गणेश घर्तिमगरले थप दुई लाख १० हजार रुपैयाँ मूल्य बराबरको ११ आना जग्गा स्वास्थ्य चौकीलाई उपलब्ध गराएका हुन । स्वास्थ्य चौकीले हाल गाविस कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।

Healthpost

विशेष