Technology

अन्तरिक्षमा प्रकाश कसरी हिड्छ

अन्तरिक्षमा प्रकाश कसरी हिड्छ
Antarixa ब्रम्हाण्डको सबैभन्दा महत्वपूर्ण चिज विद्युत चुम्बकीय क्षेत्र हो । यो चारैतिर पुग्छ । यसले परमाणुलाई एकैठाउँमा बाँध्ने काममात्र गर्दैन, इलेक्ट्रोनजस्तो परमाणुको सानो कणको सहयोगमा विभिन्न परमाणुलाई बाँधेर विद्युतीय प्रवाह पनि गराउँछ ।

हाम्रो संसार यही विद्युत चुम्बकीय क्षेत्रको सहयोगमा थुप्रै प्रकारका परमाणुहरु मिलेर बनेको हो । हामी मानिसजस्ता जीवित प्राणी पनि अस्तित्वमा रहन र आफ्नो कार्य–ब्यापार गर्न यसैमा भर पर्नुपर्छ ।

पोखरीमा हात नचाउँदा पानीमा तरङ्ग देखपरे झैं परमाणुभित्र इलेक्ट्रोनको गतिले यो क्षेत्रमा तरङ्ग बनाउँछ । यसले विद्युत चुम्बकीय तरङ्गको शक्तिलाई सोस्ने अर्को इलेक्ट्रोन नभेटेसम्म ब्रम्हाण्डभरि फैलिन्छ । यो तरङ्ग विभिन्न रुपमा आउँछ । तर कुनै कुनैले त आँखालाई बिगार्न पनि सक्छ । यी विभिन्न प्रकारका तरङ्गहरुलाई हामी प्रकाशको विभिन्न रङको रुपमा देख्छौं । अन्य तरङ्गहरुमा रेडियो तरङ्ग, माइक्रोवेभ, इन्फ्रारेड, अल्ट्राभायलेट, एक्स रे र गामा रे हुन् । कुनै पनि बस्तुहरु भित्रको परमाणु आफैँ पनि चलायमान हुन्छ । त्यसैले प्रत्येक बस्तुले हरदम विद्युत चुम्बकीय तरङ्ग निकालिरहेको हुन्छ । कोठाको जस्तो सामान्य तापक्रममा सामन्यतया इन्फ्रारेड तरङ्ग उत्पन्न हुन्छ । तर अझ ताता बस्तुहरुमा इलेक्ट्रोन र एटमको कम्पन एकदम बढी हुन्छ । अनि यसबाट हाम्रो आँखाले देख्न सकिने तरङ्ग अर्थात् प्रकाश उन्पन्न हुन्छ ।

अन्तरिक्षमा रहेका ताराजस्ता अत्यधिक ताता बस्तुहरुले पनि आँखाले देख्न सकिने प्रकाश उत्पादन गर्छ । यस्तो प्रकाशले कतै नठोक्किइकन लामो दूरी पार गर्न सक्छ । हाम्रो ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ । यसको अर्थ टाढाका तारा र ग्यालेक्सीहरु पृथ्वीबाट झन्–झन् टाढा हुँदै छन् । यसो हुँदा त्यहाँबाट पृथ्वीमा आउने प्रकाश पनि झन् तन्किदै जान्छ । यो जति फैलिन्छ, प्रकाश त्यति नै टाढा पुग्छ । यसरी टाढाका तारा वा ग्यालेक्सी जति टाढा पार गर्नुपर्ने हुन्छ, अनि जति लामो दूरी पार गर्नुपर्छ त्यति नै त्यहाँबाट आउने प्रकाशको रङ्ग झन रातो हुन थाल्छ । जसलाई रेड स्फिट भनिन्छ । अन्तिममा यो रेड स्फिट झन् टाढा भएपछि प्रकाश देखिन छाड्छ । यो अदृश्य इन्फ्रारेड बन्छ । पृथ्वीमा माइक्रोवेभ ओभनमा प्रयोग गरिने तरङ्ग यही हो ।

ब्रम्हाण्डको उत्पत्ति अर्थात् महाविस्फोटको बेलामा उत्पन्न भएको शक्तिशाली प्रकाशको अवस्था पनि यस्तै रहेको हुन्छ । लगभग १३० खर्ब बर्षको यात्रा पार गर्दै त्यो प्रकाश अहिले माइक्रोवेभ तरङ्ग रुपमा अन्तरीक्षको चारैतिर फैलिएको छ । एजेन्सीको सहयोगमा

Space in world

विशेष