समाज

ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो

ऋषेश्वर मन्दिरमा भक्तजनको घुइँचो

Temple

भदौ २१ । काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा आज लागेको मेला भर्न महिला भक्तजनको घुइँचो लागेको छ । हिन्दू नारीले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाउने ऋषिपञ्चमीमा सप्तर्षिको पूजा गर्न मन्दिरमा श्रद्धालु महिला भक्तजनको भीड लागेको छ ।

नारीले आज सबेरै नदी, खोला, ताल, तलैया र पोखरीमा स्नान गरी पवित्र भई दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ । यसो गर्दा नारीले रजस्वलाका समयमा जानी नजानी छुवाछूत भएको भए तथा त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गरेमा दोष हट्ने र पाप नलाग्ने धार्मिक मान्यता छ ।

त्यसैगरी, आजको दिन सोही मन्दिरमा सामूहिक पञ्चमीको पूजासमेत भएको छ । पञ्चमीको पूजामा विशेषगरी दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहेको छ ।

Rishi Panchami

विशेष