मनोरञ्जन

धोनीको फिल्मले कमायो रिलिजअघि नै ६० करोड

धोनीको फिल्मले कमायो रिलिजअघि नै ६० करोड

Ms dhoni

एजेन्सी– भारतीय क्रिकेट टिमका चर्चित कप्तान महेन्द्रसिंह धोनीको फिल्मले रिलिज अघि नै भारु ६० करोड कमाइसकेको छ । कप्तान धोनीको जीवनकथामा आधारित रहेर बनेको फिल्म ‘एमएस धोनी द अन्टोल्ड’ ३० सेप्टेम्बरमा रिलिज हुँदैछ ।

रिलिजअघि नै चर्चा बटुलेको उक्त फिल्म कुल ८० करोडको लगानीमा बन्न लागेको हो । निरज पाण्डेको निर्देशनमा बन्न लागेको उक्त फिल्मले ४५ करोड सेटलाइट राइट्सबाटै कमाइसकेको छ । १५ करोड भने फिल्म निर्माणको क्रममा जुटेका विभिन्न ब्राण्डबाट उठेको भारतीय मिडियाको दाबी छ । निमार्ण संस्थाले बाँकी २० करोड उठाउन कुनै आपत्ति नभएको जनाएको छ ।

निर्देशक पाण्डेले फिल्ममा धोनीको वास्ताविक जीवन कहानीलाई रुपान्तरण गराएका छन् । कथालाई अझ बलियो बनाउन धोनीको घर, विद्यालय र उनले टीटीको काम गरेको खड्गपुर स्टेसनको लोकेसनलाई पनि केन्द्रित गरिएको छ ।

फिल्मका दुई गीत ‘बेसब्रिया’ र ‘कौन तुझे’ चर्चित भइसकेका छन् । फिल्म रिलिज अघि नै हिट फिल्मको सूचिमा परेको कारण निर्देशक पाण्डे दङ्ग छन् ।

विशेष