मनोरञ्जन

न्युयोर्क फेसनमा सनी लियोनले क्यटवार्क गर्ने

न्युयोर्क फेसनमा सनी लियोनले क्यटवार्क गर्ने
sunny leon एजेन्सी - पोर्न फिल्म उद्योगबाट बलिउड छिरेकी सनी लियोनीको चमक बढ्दै गएको छ । बिग बोसबाट भारत छिरेकी उनलाई ‘जिस्म २’ बाट पूजा भट्टले बलिउड छिराएकी थिइन् । पोर्न स्टारलाई बलिउडमा ल्याएकोमा भट्टले त्यसताक काफी आलोचना पनि खेप्नुपरेको थियो। तर सनी छिटै नै भारतीय समाजका लागि पाच्य बनिदिइन् । सन् २०१४ मा त उनी पाँच फिल्ममा देखिइन् जसमध्ये तीनमा उनको स्पेसल अपियरेन्स थियो। गत वर्ष पनि सनी त्यति नै संख्यामा पर्दामा देखिइन् । फिल्ममा अभिनय मात्रै नभई उनी आइटम डान्समा पनि उत्तिकै जमिन्। यस वर्ष उनका दुई फिल्म ‘मस्तिजादे’ र ‘वन नाइट स्ट्यान्ड’ आएका छन् । दुई रिलिज क्रममा सनीको फिल्म संख्या आगामी वर्ष पनि कम्तीमा चार निश्चित भइसकेको छ । जसमा शाहरुख खान अभिनीत ‘रइस’ मा लैला बनेर आइटम पस्किँदै छिन् । यति बेला भने सनी बलिउडको प्रतिनिधित्व गर्दै न्युयोर्क फेसन विकको र्याम्पमा क्याटवाक गर्ने भएकी छन् । सनीको उक्त उपस्थिति उनका लागि मात्रै नभई बलिउड नायिकाका लागि पनि पहिलो हुनेछ । फेसन दुनियाँको प्रतिष्ठित मानिने न्युयोर्क फेसनको उद्घाटन सत्रमा सनीले प्रसिद्ध फेसन डिजाइनर अर्जना कोचरले तयार पारेका पोसाकमा सजिएर्र याम्प तताउनेछिन् । सनीले ट्वीटरबाट उक्त उपलब्धिको जानकारी दिँदै आफ्ना फ्यानसँग खुसी बाँडेकी छन् । ‘मेरो सपना पूरा हुँदै छ । त्यसैले म एकदमै उत्साहित छु,’ ३५ वर्षीया सनीले ट्वीट गरेकी छन्। बिहीबारदेखि सप्ताहव्यापी न्युयोर्क फेसनले घुम्टो खोल्दै छ। अर्को ट्वीटमा आफूले लगाउने फेसन डिजाइनरको समेत उल्लेख गर्दै भनेकी छन्, ‘मुस्किलले मात्रै सपनाहरू विपनामा बदलिन्छन्। बधाई अर्चना कोचर।’

nework kyawork sunny leon

विशेष