मनोरञ्जन

बालगंधर्वको रिमेकमा रणवीर कपुर

बालगंधर्वको रिमेकमा रणवीर कपुर
ranbir-kapoor-photos-2 भदौ – २१ । रणवीर कपुरलाई लिएर मराठी बालगंर्धवको हिन्दी रिमेक बन्ने भएको छ । रितेश देशमुख–नरगिस फाखरी स्टारर बेंजोबाट हलिउडमा डेब्यु गर्न लागेका रवि जाधव आफ्नो सुपरहिट मराठी चलचित्र बालगंधर्वका हिन्दी रिमेक गर्न लागेका हुन् । यो चलचित्र मराठी संस्कृतिमाथि केन्द्रीत रहेर निर्माण गरिएको हो । रविको भनाइ अनुसार यो चलचित्र हिन्दीमा रिमेक गर्न धेरै कठिन छ । यदी उनले यसको रिमेक बनाए भने शीर्ष रोलका लागि रणवीर कुपर उपयुक्त हुने बताए । रवि जाधव मराठी चलचित्रका परिचित निर्देशक हुन् । उनले आधा दर्जन मराठी चलचित्र निर्देशन गरिसकेका छन् । उनीभन्दा पहिला पनि क्षेत्रिय चलचित्र निर्देशक आफ्नो हिट चलचित्र हिन्दी रिमेक गरेर हलिउडमा प्रवेश गरिसकेका छन् । यसै मेलोमा रवि पनि लागेको दखिन्छ ।

hindi movie Ranbir Kapur

विशेष