यसरी गर्न सकिन्छ बालबालिकामा पढ्ने बानीको विकास

भदौ – २१ । एउटा नयाँ अध्ययन अनुसर यदी तपाईँ बालबालिकाको अगाडि जोडजोडले पढ्नुहुन्छ भने उनीमा पढाइप्रति लगाव वढ्ने देखाएको छ । यस्तो प्रयासले बालबालिकामा किताव पढ्ने बानिका विकास गराउने अध्ययनले निष्र्कष निकालेको हो ।
यो अध्ययन बालबालिकाका लागि किताव प्रकाशन गर्ने स्कलैस्टिक इंडियाले गरेको थियो । यसमा देशभरका १७ सय ५२ बुबाआमा र विभिन्न उमेरका बालबालिकालाई सामेल भएका थिए ।
यस अध्ययनका अनुसार आमाबुबाले हप्तामा केही समय बालबालिकाका अगाडि जोडजोडले किताब पढ्नु पर्ने हुन्छ । किताब पढाइ गर्नाले छ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा पढाई गर्ने बानिको विकास हुने देखिन्छ । यसको पछाडि लुकेको मूल कारण भने बाबुआमासँगको खास समय भएको उक्त अध्ययनले देखाएको छ ।
How to focus to child for study
study
