मनोरञ्जन

मानिस रुनुका फाइदा यस्ता छन्  :

मानिस रुनुका फाइदा यस्ता छन्  :
asu मानव शरिरको आँखा एक संवेदनशील अंग हो, र यही मानव शरिरको आँखाबाट रोएर निस्कने एक किसिमको तरल वस्तु नै आँसु हो । मानिसको आँखामा चोट पटक लाग्दा, आँखाको रोग तथा मानिसको मनमा पीडा परेपछि ऊ रुने गर्दछ । कुनै पनि मानिसमा मानसिक तथा शारीरिक पीडा भएपश्चात उसको आँखाबाट खस्ने एक किसिमको तरल पदार्थ नै आँसु हो । रुनु अर्थात आँखाबाट आँसु खसाल्नु मानिस तथा आँखाको स्वस्थ्यका लागि राम्रो हुने वैज्ञानिकहरुको धारणा रहेको छ । रोएमा आँखा भित्रबाट निस्कने पानीले आँखा स्वस्थ रहने गर्दछ तर अत्याधिक रोएको खण्डमा भने आँखालाई असर पनि पर्न सक्छ । पुरुषको तुलनामा महिलाहरु बढी रुने गरेको एक अनुसन्धानले देखाएको छ । वर्षमा महिलाहरु ४६ पटक रुन्छन भने पुरष केवल ७ पटक मात्र रुन्छन् । मानिस रुनुका ४ फाइदा निम्न अनुसार छन् ः १.आँसुले मानिस भित्र रहेको निराशालाई बाहिर निकाल्ने गर्दछ । यसले मानिसको मनभित्र रहेको मैलोलाई सफा गर्ने गर्दछ । मानिस रोएमा दिल तथा दिमागले उपयुक्त तरिकाले काम गर्ने गर्दछ । २.आँसुमा लोसोजम नामक एक किसिमको तत्व हुने गर्दछ । जसले ९० प्रतिशत ब्याक्टेरियालाई नष्ट गर्ने गर्दछ । ३.यदि तपाई तनावमा हुनुहुन्छ र रुनु भएमा आँसुसँगसगै एड्रनोकार्टिकोट्रोपिक र ल्यूसीन नामक हार्मोन निस्कन्छ जसले तनाव कम हुन्छ । ४.आँखामा मेम्ब्रेन सुकेपछि आँखाको रोशनी कमजोर हुन्छ । यदि तपाई रुनु भयो भने आँखाको रोशनी मजबुत हुन्छ ।

asu runuka faida

विशेष