खेल

पाकिस्तानी टोली पहिलोबाट नवौँ स्थानमा पुगेपछि

पाकिस्तानी टोली पहिलोबाट नवौँ स्थानमा पुगेपछि

भदौ–२१ । सोमबार भएको आईसीसी एकदिवसीय टोली र्याङ्किङ्गमा पाकिस्तान नवौं स्थानमा परेको छ ।

यसको साथै आउँदो साल २०१९मा इङल्याण्डमा हुने विश्व कप टुर्नामेंन्टमा सिधै प्रत्यस खेल्नेमा प्रश्न उठेको छ । वास्तवमा ३० सेप्टेम्बर २०१७ सम्म होस्ट इङ्गल्याण्डका साथ उच्च सात टोली स्वाभाविकमा खेल खेल्न अधिकार प्राप्त हुनेछ र बाँकी दुई टोली अन्य १० टोलीको क्वालिफायर खेल्नु पर्ने छ । आश्चर्यको कुरा, पाकिस्तानी टोली हाल नम्बर एक टेस्ट क्रिकेट टीम रहेको थियो ।  तर इङ्गल्याण्ड विरुद्ध भएको पाँच एक दिवसीयमा ४–१ ले हारेर पाकिस्तानी टोलीलाई हानि पुगेको छ ।  

पाकिस्तान पहिलो पटक यति तल स्थानमा पुगेको हो । पाकिस्तानको ८६ अंक छ । आइसीसी एकदिवसीय र्याङ्किङ्गमा अष्ट्रेलिया १२४ अंकको साथ पहिलो स्थानमा छ ।

न्यूजिल्याण्ड ११३ अंकका साथ दोस्रोमा र भारत ११० अंकका साथ तेस्रो स्थानमा छ । पाकिस्तानले सिरिज ४–१ले मात्र हारेनन् बरु टोली विरुद्ध इङ्गल्याण्डले सर्वाधिक रनको नयाँ रेकर्ड पनि बनायो । इङ्गल्याण्डले नोटिङ्हाममा खेलको निर्धारित ५० ओभरमा मात्र ३ विकेटको सतिमा ४४४ रन बनाएको हो । यसअघि २००६मा श्रीलंकाले नेदरल्याण्डको विरुद्ध ९ विकेटको क्षतिमा ४४३ रन बनाएको थियो । आइसीसी एकदिवसीय र्याङ्किङ्गमा पाकिस्तान भन्दा माथि वेस्ट इन्डिज ९४ अंकका साथ आठौं स्थानमा छ । बंग्लादेश ९८ का साथ सातौं, श्रीलंका १०१ का साथ छैठौं, इङ्गल्याण्ड ११४ का साथ पाँचौं तथा दसिण अफ्रिका ११० अंकका साथ चौथो स्थानमा रहेको छ । 

अब पाकिस्तानले आउँदो समयमा वेस्ट इन्डिज र अष्ट्रेलियासँग एक दिवसीय सिरिज खेल्ने छ । पाकिस्तानको लागि विशेष गरी एक दिवसीय क्रिकेटमा अत्यन्तै चुनौति देखिएको छ । पाकिस्तान १९९२मा अष्टे«लिया र न्यूजील्याण्डमा संयुक्त रुपका आयोजित विश्व कप विजेता रहेको छ ।

Australia Cricket oneday cricket Pakistan

विशेष