खेल

सन्दीप लामिछानेलाई माइकल क्लार्कको निम्तो (पत्र सहित)

सन्दीप लामिछानेलाई माइकल क्लार्कको निम्तो (पत्र सहित)
sandip lamichhane भदौ – २१ । अष्ट्रेलियन पुर्व कप्तान माइकल क्लार्कको एकेडेमीबाट खेल्न नेपाली राष्ट्रिय टीमका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई आधिकारिक निम्तो प्राप्त भएको छ । लामिछानेलाई माइकल क्लार्कको क्रिकेट एकेडेमीमा निमन्त्रणा गरिएको हो । जसमार्फत लामिछानेले सन् २०१६ र ०१७ को सिजनमा माइकलको प्रिमियर ग्रेड क्रिकेट क्लब अन्तर्गत वेस्टन सुबर्बस क्लबबाट खेल्न पाउँनेछन् । नेपाली युवा स्टारको क्रिकेट विकास गर्नको लागि क्लार्क उत्सुक रहेको उक्त क्लबले सन्दीपलाई पठाएको पत्रमा उल्लेख छ । सेप्टेम्बर २४ मा एलान बोर्डर ओभलमा हुने खेलमार्फत सन्दीप र क्लार्कको भेट हुनेछ । सिजनको पहिलो खेलमा क्लार्क र सन्दीप सम्मिलित टिमले सिजनको पहिलो खेलमा मोसमनसँग खेल्नेछ । पत्रमा क्लार्कले लेखेका छन्, ‘क्रिकेट खेल्नको लागि उनी एकदमै इच्छुक छन् र मेरो एकेडेमीमा आफ्नो क्षमता सुधार गर्नका लागि ट्यालेन्टेड नेपाली क्रिकेटर आउन पाउनु उत्कृष्ट अवसर हो ।’ letter सन्दीपलाई भेट्न आफू एकदमै हतारमा रहेको भन्दै क्लार्कले ट्वीट समेत गरेका छन् ।

Cricket sandip lamichhane

विशेष