खेल

सेरेनाको नयाँ कीर्तिमान

सेरेनाको नयाँ कीर्तिमान
Serena भदौ – २१ । विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको अन्तिम ८ मा पुग्दै मुख्य टेनिस प्रतियोगितामा नै सबैभन्दा धेरै खेल जित्ने खेलाडी बनेकी छन् । मंगलबार भएको खेलमा ३४ वर्षकी सेरेनाले काजकस्तानकी यारोस्लावा श्वेदोवालाई ६–२ र ६–३ को सेटमा हराएकी हुन् । उनले यसअघि स्वेडनकी जोहाना लार्सनलाई पराजित गर्दै रोजर फेडेररको बराबरीमा आएकी थिइन् र यस जित पश्चात उनले फेडेररको कीर्तिमान समेत भंग गरेकी हुन् । उनले अहिलेसम्म मुख्य टेनिस प्रतियोगितामा ३ सय ८ खेल जितेकी छन् ।  सेरेनाले २३ औँ ग्रान्ड स्लामको एकल उपाधिको यात्रामा अन्तिम आठमा परेकी हुन् ।

Serena Williams

विशेष