खेल

पोखरामा प्रथम नकआउट टि–२० प्रतियोगिता सुरु

पोखरामा प्रथम नकआउट टि–२० प्रतियोगिता सुरु
cricket भदौ – २१ । क्रिकेटको विकास गर्ने उद्धेश्यले प्रथम आमन्त्रित अमरसिंह नकआउट टि–२० प्रतियोगिता पोखरामा सुरु भएको छ । मोफसलमो फ्यूचर स्टार युवा क्लव अमरसिंहचोकले आयोजना गरेको प्रतियोगितामा ५ जिल्लाका १५ टिमले प्रतिष्पर्धा गर्दैछन् भने भारतको एउटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा कास्कीका १० टिम तथा लमजुङ, स्याङ्जा, पर्वत, वागलुङ, नेपालगञ्ज र भारतका एक–एक टोलीले प्रतिस्पर्धा गर्ने श्रोतले जनाएको छ । करण केसी लगायत पूर्व राष्ट्रिय खेलाडी दिपेश खत्री, विधान श्रेष्ठलगायतले पनि खेल्ने क्लबका सल्लाहकार राजेन्द्र न्यौपानेले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा करण केसीको शतकको मद्धतमा कास्की मोटरसाइकल मेकानिकल एशोसियसनले सुपेरियर युनाइटेडलाई १३५ रनले पराजित गरेको छ । खेलमा करणले १२ छक्का, ८ चौकाको मद्धतमा १०५ रनको योगदान गरेका थिए । प्रतियोगिताको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै क्रिकेट संघ नेपालका पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइरालाले नेपाली क्रिकेटको विवाद क्रिकेट विकास बोर्ड गठन गरेर समाधान खोज्नु सकारात्मक भएको बताए । कार्यक्रममा क्लवका सल्लाहकार तथा अन्टुकका केन्द्रीय अध्यक्ष राजेन्द्र न्यौपानेले क्रिकेट नेपालको सान, मान र सम्मानसँग जोडिएकाले यसको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

Cricket Pokhara

विशेष