खेल

मेस्सी र नेमार जस्तै लिसेस्टरका रियादकाे पनि खेल्ने क्षमता

मेस्सी र नेमार जस्तै लिसेस्टरका रियादकाे पनि खेल्ने क्षमता
riyad meherz भदौ – २१ । लिसेस्टर सिटीका रियाद महेरेजसँग नेमार र लिओनल मेस्सी जतिको खेल्ने क्षमता रहेको बार्सिलोनाका पूर्व कप्तान जाभी हर्नान्डेजले बताएका छन् । लिसेस्टरलाई गत सिजन प्रिमियर लिगको उपाधि दिलाउने क्रममा उनी टोलीका मुख्य सदस्य थिए । अल्जेरियाका महेरेज गत सिजन पीएफए प्लेयर अफ दि इयर समेत घोषित भए । जाभीले भनेका छन्, ‘महेरेजसँग बार्सिलोनाबाट खेल्ने योग्य छन् । तर, उनले लिसेस्टर सिटीमै बस्ने निर्णय गरेकोमा म खुसी छु ।’ लिसेस्टरमै बसेर उनले च्याम्पियन्स लिगमा कस्तो प्रदर्शन गर्छन् हेर्ने मौका मिलेको जाभीले बताएका छन् ।

riyad mahrez

विशेष