खेल

खेलकुद विश्वविद्यालय स्थापना गर्न सरकारसँग माग

खेलकुद विश्वविद्यालय स्थापना गर्न सरकारसँग माग
USAN1 भदाै - २१ । राष्ट्रिय विश्वविद्यालय खेलकुद सङ्घ नेपालले खेलकुद विश्वविद्यालय स्थापना गर्न सरकारसँग माग गरेको छ । मंगलबार  आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष अनिलकुमार रिजालले देशमा एउटा पनि खेलकुदसम्बन्धी अध्ययन हुने विश्वविद्यालय नहुँदा नेपाली खेलकुदले गति लिन नसकेको बताएका छन् । त्यस्तै खेल क्षेत्रमा उठाइएको रकम सोही क्षेत्रका लागि खर्च गर्नुपर्ने सङ्घको माग छ । त्यसैगरी सबै विश्वविद्यालय मातहतका सबै क्याम्पस तथा विद्यालयमा कम्तीमा पनि एक प्रशिक्षक नियुक्त गर्नुपर्ने र त्यहाँ वर्षमा कम्तीमा पनि एउटा खेलकुद प्रतियोगिता आयोजना हुनुपर्ने उनीहरुको माग छ । अन्य देशमा खेलकुद विश्वविद्यालयबाट उत्पादन भएका खेलाडीले अन्तर्राष्ट्रियस्तरमा प्रतियोगितामा राम्रो सफलता हासिल गरेका उदाहरण छन् । नेकपा (एमाले) निकट राष्ट्रिय लोकतान्त्रिक खेलकुद महासङ्घको भातृ संस्थाको रुपमा रहेको यस संस्थाले खेलकुद विश्वविद्यालय स्थापना नभएसम्म विभिन्न दबाबका कार्यक्रम गर्ने बताएको छ । जसअन्तर्गत युवा तथा खेलकुद र शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, खेलकुद क्षेत्रमा उठ्ने रकमबारे तथ्याङ्क सङ्कलन गर्ने, अन्तर्क्रिया गर्ने आदि कार्यक्रम रहेका छन् ।

sports university nepal

विशेष