खेल

एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्मा महेश्वर महर्जन प्रथम स्थान हासिल

एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्मा महेश्वर महर्जन प्रथम स्थान हासिल
maheshwor maharjan भदौ - २१ । नेपालका महेश्वर महर्जनले भुटानमा जारी ५० औं एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्मा प्रथम स्थान हासिल गरेका छन् । महर्जनले ७५ केजी तौल समूहमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन्। यस समूहमा भारतका खेलाडी दोस्रो, अफगानिस्तानका तेस्रो, मलेसियाको चौथो तथा थाइल्याण्डका पाँचौ भएका छन् । बिहीबारसम्म चल्ने प्रतियोगितामा महेश्वरसँगै नेपालबाट कुल ६ खेलाडीले भाग लिएका छन्। जस अन्तर्गत पुरुष ५५ केजीमा सुरेश गुरुङ, ६५ केनीमा राम बहादुर दाहाल छन् भने स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ र विजयत्तमरत्न तथा महिलातर्फ निर्मला खड्का रहेका छन्।

asian body bilding maheshwor maharjan

विशेष