Technology

भिडियो कलिङको लागि बढ्दै गरेका फिचर

भिडियो कलिङको लागि बढ्दै गरेका फिचर
video calling भदौ–२१ । केही साल पहिलेबाट स्काइपले अनलाइन भिडियो कलको सेवा सुरु गरेको थियो । अहिले गुगलले पनि डुओ लञ्च गरेर यस क्षेत्रमा आफ्नो ठाउँ ओग्त्न कोसिस गरिरहेको छ । च्याटिङ एपहरुको सफलता पछि कम्पनीहरु अब बजारमा नयाँ रहेको भिडियो फिचरलाई लिएर अनलाइन सब्सक्राइबरको खोजीमा छन् । २०११ मा फेसबुकमा भिडियो च्याट फीचर लञ्च भएको थियो । जसमा गु्रप च्याटको पनि विकल्प रहेको छ । वीच्याट, टाइनीच्याट, एनीमीटिङ जस्ता कैयौँ एपहरुले तपाईँहरुलाई भिडियो कल गर्न एकदम सजिलो बनाइदिएको छ । तर फेसबुकले आफ्नो म्यासेन्जरलाई इन्स्ट्यान्ट भिडियो म्यासेन्जरलाई च्याट मात्र नभई सर्भिसको रुपमा राख्ने सोची रहेको छ । जब तपाई कोहीसँग च्याट गर्दै हुनुहुन्छ र तपाईलाई यदि केही देखाउनु छ भने क्यामेरा सुचारु गर्नुहोस् र स्क्रीनको माथिल्लो भागमा त्यसको तस्बिर देखिन्छ ।   यस भिडियोमा यदि अरुको आवाज सुन्नु छ भने डिफाल्ट सेटिंगमा परिवर्तन गर्नुपर्छ । भिडियो कल गर्दा उसलाई कल गरेर हेर्नुपर्छ कि उससँग तपाईले कुरा गर्न सक्नु हुन्छ कि हुन्न भनेर । यसको प्रतिस्पर्धामा गुगल डुओले एक प्रिभ्यु फीचर लन्च गरेको छ । जसले गुगल डुओमा कल गर्छ, कल लिनु अगाडि अर्को तर्फ उसको तस्बिर देखाइदिन्छ । सर्वसाधारणले यो फिचरलाई मन पराइरहेका छन् । कलेजका विद्यार्थी, अफिसमा फ्रि रहने तथा साना कम्पनीहरुको लागि यो भिडियो कलिङ र भिडियो च्याट सर्भिस कामको सामग्री हो । यसले लामो दूरीको मीटिङ पनि भिडियो मार्फत नै गर्न सकिन्छ ।

vedio calling

विशेष