खेल

फिफाको स्वीकृतिको केही समयमा नै कीर्तिमान

फिफाको स्वीकृतिको केही समयमा नै कीर्तिमान
भदौ–२१ । भालोन बेरिशाले फिफाबाट फुटबल खेल्ने स्वीकृति पाएको केही समयको अन्तरालमै कीर्तिमान बनाएका छन् । Berisha फिफाले नर्वेको राष्ट्रिय टिमबाट खेल्दै आएका बेरिशालाई सोमबार कोसोभाको राष्ट्रिय टिमबाट खेल्ने स्वीकृति दिएको थियो । उनले सोमबार राति नै विश्व कप २०१८ को छनौटमा फिनल्याण्डसँगको खेलमा गोल गर्दै कीर्तिमान बनाए । कोसोभोले पहिलो पटक विश्व कप छनौट खेलिरहेको छ । १८ औं मिनेटमा एराजुउरीको गोलबाट फिनल्याण्डले अग्रता लिएको थियो । तर ६० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपायोग गर्दै बेरिशाले विश्व कपमा कोसोभोका लागि पहिलो गोल गरे भने टिमलाई महत्वपूर्ण एक अंक पनि दिलाए । उनकै गोलको मद्दतमा कोसोभो फिनल्याण्डलाई १–१ को बराबरीमा रोक्न सफल भयो । फिनल्याण्डसँगको खेलको केही घण्टा अघि मात्रै कारिशाको राष्ट्रियताका बारेमा फिफाले निर्णय गरेको थियो ।

Fifa football valone bearish

विशेष