सुबिसु क्यान कमटेककाे तयारी अन्तिम चरणमा

भदौ–२१ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले ‘सुबिसु क्यान कमटेक २०१६ इन एशोसिएसन विथ सामसुङ’को तयारी पूरा गरेको छ । क्यानले पहिलो पटक कम्युनिकेशन, सेक्युरिटी र मोबाइल टेक्नोलोजीको नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ क्यान कमटेक गर्ने भएको छ ।
क्यानले बिहिबारदेखि चार दिनसम्म आयोजना गर्ने ‘सुबिसु क्यान कमटेक २०१६ इन एशोसिएसन विथ सामसुङ’को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
यसअघि क्यान सफ्टेकको नाममा सफ्टवेयर, कुम्युनिकेशन र मोबाइल टेक्नोलोजीसहितको मेला आयोजना हुँदै आएको थियो ।
क्यान अध्यक्ष ई. विनोद ढकालले महासंघले स्थापनाकालदेखि नै नेपालको आइसिटी क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा नेतृत्वदायी भूमिका खेलेको बताउँदै सञ्चार क्षेत्रमा भइरहेका विकासलाई जनमानसमा प्रस्तुत गर्ने गरी क्यान कमटेक गर्न लागिएको बताए ।
यस पटकको प्रदशनीमा एक लाख ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेलाको उद्घाटन उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय सभागृहमा बिहीबार विहान ११ बजे गर्न कार्यक्रम रहेको क्यानले जनाएको छ ।
can
Can comm tech 2016
Subisu
