खेल ताजा खबर

म्याक्सवेलको विष्फोटक व्याटिङ, टि–२० क्रिकेटको इतिहासमा सर्वाधिक स्कोर

म्याक्सवेलको विष्फोटक व्याटिङ, टि–२० क्रिकेटको इतिहासमा सर्वाधिक स्कोर

Sri Lanka Australia Cricket भदौ २२ । हिरोकपका लागि श्रीलंका भ्रमणमा रहेको अष्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टी–२० मा ८६ रनको शानदार जीत दर्ता गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६३ रन बनायो ।

जुन टि–२० क्रिकेटको इतिहासमा सर्वाधिक रनको स्कोर हो । अष्ट्रेलियाका ग्लेन म्याक्सबेलले विस्फोटक ब्याटिङ गरे । उनले ६५ बलमा १४ चौका र नौं छक्काको मद्दतमा अविजित १४५ रन बनाए । जवाफि व्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाउंदै १ सय ७८ रन बनायो ।

T-20 Cricket

विशेष