उपचार खर्च व्यहोर्न नसकेपछि एक युवकले टिचिङको तेस्रो तलाबाट हाम फाले
भदौ २२ । नाम विजय भए पनि उनले दीर्घ र खर्चिलो रोगसामु सदाकालागि घुँडा टेकेका छन् । आफन्तसँग माफी मागेर सधैंकालागि बिदा भएका हुन् मृगौला रोगी विजय खड्का । मृर्गौलाको उपचार गराइरहेका १९ वर्षीय खड्काले मंगलबार बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जको तेस्रो तलाबाट हाम फालेर खर्चिलो उपचारभन्दा मृत्यु रोजेका हुन् ।
उनको अस्पतालको तेस्रो तल्लाको मिर्गौला विभागमा उपचार भइरहेको थियो । बिहान एक बजेर ५० मिनेटमा तीन तला माथिबाट भुईँमा बजारिएका उनको साढे दुई बजे सोही कारण मृत्यु भयो । नागरिक दैनिकबाट