इतिहासमा आज

निजामती सेवा दिवस

निजामती सेवा दिवस

Nijamati

भदौ २२ र आज १३ औं निजामति सेवा दिवस निजामति कर्मचारीले कार्यक्रम गरी मनाउँदैछन् । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।अहिले नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर सामान्य प्रशासन मन्त्रालयले १० जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गर्दैछ ।

यस वर्षको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई दिइने भएको छ । मुख्य सचिव डा.सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने निर्णय गरेको हो । पुरस्कारको राशि रु दुई लाख रहेको छ ।

यसैगरी यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई दिइने भएको छ । उक्त पुरस्कारको राशि रु १ लाख रहेको छ ।  निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई दिइने छ । उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

Civil Service Day

विशेष