खेल ताजा खबर

विश्वकप छनौट खेलमा क–कसले जिते कस्ले कति गोल गरे

विश्वकप छनौट खेलमा क–कसले जिते कस्ले कति गोल गरे

fifa भदौ २२ । सन् २०१८ मा रसियामा हुने बिश्वकप फुटबलको दक्षिण अमेरिकी छनौटको पछिल्लो खेलमा ब्राजिल र उरुग्वे बिजयी भएका छन् । आज बिहान सम्पन्न खेलमा ब्राजिलले कोलम्बियालाई २–१ ले पराजित र्गयो । खेलको दोश्रो मिनेटमै मिराण्डाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । ३६ औ मिनेटमा मारक्विन्होसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ७४ औ मिनेटमा नेयमारले गोल गरेपछि ब्राजिल विजयी भयो । अर्को खेलमा पाराग्वेलाई ४–० ले हराउदै उरुग्वेले पनि तीन अंक हात र्पायो ।

चिली र बोलिभियाले गोलरहित बराबरी खेल्दा अर्जे्न्टिना भेनेजुएलासंग दुई दुईको बराबरीमा रोकियो । एसियाली छनौटमा भने जापानले थाईल्याण्डलाई २–० ले पराजित र्गयो । गेन्की हारागुचीले १७ औ मिनेटमा गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ७५ औ मिनेटमा ताकुमा असानोकाले गोल गर्दै जापानको जित निश्चित पारे । बिश्वकप फुटबलको एसियाली छनौटमा जापानको यो पहिलो जित हो । यसअघि आफ्नो पहिलो खेलमा जापान संयुक्त अरब ईमिरेट्स युएईसंग पराजित भएको थियो ।

दुई खेलबाट ३ अंक जोडेको जापान समुह बीको तेस्रो स्थानमा छ । सोही समुहको अर्को खेलमा साउदी अरेबियाले ईराकलाई २–१ ले हराउदा युएई अष्ट्रेलियासंग १–० ले पराजित हुन पुग्यो । समुह ए अन्र्तगतका खेलमा ईरान र चीनले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा सिरियाले दक्षिण कोरियालाई गोल रहित बराबरीमा रोक्यो । उज्वेकिस्तानले कतारलाई १–० ले हरायो ।

त्यस्तै बिश्वकप फुटबलको युरोपेली छनौटमा स्विट्जरल्याण्ड, ग्रीस, बेल्जियम, बुल्गेरिया, अल्वानिया, लात्भिया र बोस्निया हर्जगोभिना बिजयी भएका छन् । गएरातीका ३ खेल भने बराबरीमा सकिएका छन् । स्विट्जरल्याण्डले पोर्चुगललाई दुई शुन्यले पराजित गर्दा, ग्रीसले जिब्राल्टरमाथी ४–१ को जित निकाल्यो । त्यस्तै बेल्जियमले साईप्रसलाई ३–० ले स्तब्ध पार्दा बुल्गेरियाले लब्जेमबर्गलाई ४–३ ले पराजित गर्यो । म्यासेडोनिया भने अल्बानियासंग १–० ले पराजित भयो ।

लात्भियाले आन्डोरालाई १–० ले तथा बोस्निया हर्ज गोभिनाले स्टोनियालाई ५–० ले पराजित गर्यो । फ्रान्स भने बेलारुससंग गोल रहित बराबरीमा रोकिदा हंगेरीले पनि फारोई आईसल्याण्डसंग गोलरहित बराबरी खेल्यो । गएराती नै नेदरल्याण्ड्स र स्विडेनले एक एकको बराबरी खेल्दै अंक बाँढेका छन् ।

World cup Qualifire

विशेष