मनोरञ्जन

ओस्कारमा कालो पोथि ले नेपालको प्रतिनिधित्व गर्ने

ओस्कारमा कालो पोथि ले नेपालको प्रतिनिधित्व गर्ने

Kalo Pothi

भदौ २२ । ओस्कार अवार्ड २०१७ मा नेपाली फिल्मको प्रतिनिधित्वको लागि तीन फिल्म दिपेन्द्र के खनाल निर्देशित ‘पशुपतिप्रसाद’, अनिल थापा निर्देशित ‘को आफ्नो र मिन भाम निर्देशित ‘कालोपोथि’ छनौट भएका थिए । यी तीन फिल्मको प्रतिष्पर्धामा कालोपोथिले नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएको छ ।

यसअघि विभिन्न अवार्ड समारोहमा पुरस्कार तथा अवार्ड जितिसकेको कालोपोथिले एकेडेमी अफ मोशन पिक्चर आटर्स एण्ड साइन्सेस्द्वारा सन् २०१७ मा घोषणा गरिने ८९औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) मा नेपलको प्रतिनिधित्व गर्ने भएको हो । विदेशी भाषी चलचित्र जाँचपास समितिले कालोपोथीलाई सिफारिस गरेको हो ।

चलचित्र विकास वोर्डले एकेडेमी अवार्डको लागी सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गर्दा ’कालोपोथी’ छनोट भएको जनाएको छ ।

Kalo Pothi

विशेष