कला साहित्य मनोरञ्जन

पाँचौं नेपाल अफ्रिका फिल्म फेस्टिवल सुरु

पाँचौं नेपाल अफ्रिका फिल्म फेस्टिवल सुरु

Nepal Aaja भदौ २२ । कलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आजदेखि पाँचौं ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०१६’ सुरु भएको छ ।  कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन (सीजेएमसी) को आयोजनामा भएको उक्त महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले महोत्सवले नेपाल र अफ्रिका महादेशबीचको सम्बन्ध र मित्रता बढाउन हेतुको काम गर्ने बताए ।

उपराष्ट्रपति पुनले महोत्सवलाई नेपाल र नेपालीले अफ्रिकाको कला, संस्कृति, जीवनशैलीबारे जान्ने अवसरका रुपमा लिएको बताउँदै “सूचना र प्रविधिक कारण अफ्रिकन जीवनशैलीबारे चलचित्रमार्फत् हामीले हेर्ने र बुझ्ने मौका पायौँ”

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अफ्रिकन मुलुक कङ्गोका नेता ‘प्याट्रिस लुमुम्बा’ ले स्वतन्त्रताका लागि आफ्नो ज्यानको बलिदान दिएको घटनास्मरण गर्दै नेपाल र अफ्रिकन मुलुकसँग कुटनीतिक सम्बन्ध कायम गर्नेतर्फ पहल गर्ने बताए ।

सीजेएमसीका प्रमुख डा मञ्जु मिश्रले सांस्कृतिक विविधताले सम्पन्न अफ्रिकन मुलुक र नेपालबीच साँस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले उक्त महोत्सवको आयोजना गरेको जानकारी दिनुभयो । उहाँले आफ्नो पत्रकारिता अध्यापन हुने सीजेएमसीलाई विश्वविद्यालय बनाउन सरकारका तर्फबाट सहयोगको अपेक्षा पनि गर्नुभयो ।  भदौ २४ सम्म चल्ने उक्त महोत्सवमा ७ अफ्रिकन र एक नेपाली चलचित्रको प्रदर्शनी गरिनेछ

Flim Festival

विशेष