स्वास्थ्य

पटकपटक गर्भपतन गराउनुहुन्छ ? होशियार ! यस्ता छन् खतरा

पटकपटक गर्भपतन गराउनुहुन्छ ? होशियार ! यस्ता छन् खतरा
भदौ – २२ । पटकपटक अर्वोसन (गर्भपतन) गराउने घटना आजकल दिनानुदिन बढिरहेका छन् । गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रुपमा लिइएका कारण गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइएको छ । बिशेषज्ञहरुका अनुसार यस्तो प्रवृत्तिले महिलाको बाँझोपनलगायतका गम्भीर स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँदै लगेको छ । pregnancy-week8-20150721111920.jpg-q75,dx720y432u1r1gg,c-- एक अध्ययनले पटकपटक अवोर्सन गराउनेमध्ये १६ देखि २४ उमेर समूहका १८ दशमलव ६ प्रतिशत र ३५ देखि ४८ वर्ष उमेर समूहका करिब ५० प्रतिशत रहेको देखाएको छ । तीमध्ये एउटा मात्रै बच्चा भएका महिलाको दर १३ दशमलव ७ प्रतिशत र दुई वा दुईभन्दा बढी बच्चा भएका महिलाको दर ४२ दशमलव ६ प्रतिशत छ । एकभन्दा बढी पटक गर्भपतन गराउन आउनुका चार कारणमा परिवार नियोजनको साधन प्रयोग नगर्नु, अस्थायी साधनको प्रयोग छुट्नु, स्थायी साधान मन नपराउनु र महिनावारीको तालिका अनुसारको चक्रमा भर पर्नु रहेको अनुसन्धानले देखाएको छ । महिलामा साधनबारे जानकारी नहुँदा, समयमा गर्भनिरोधक औषधि नखाँदा, साधनको नकारात्मक असरको डर र परम्परागत विधि अपानाउँदा अनिच्छित गर्भ रहनेको सख्या बढ्दै गएको हो । गर्भपतन गरे पनि यसको खतरा बारे जानकारी कमैलाई छ । गर्भपातका खतरा — पाठेघर प्वाल पर्ने — पाठेघरको संक्रमण — अत्याधिक रक्तश्राव — पाठेघर टाँसिने — पाठेघर कुहिने — पाठेघर खुम्चने — निसन्तान — पाठेघर फुट्ने — कतिपय अवस्थामा ज्यानै जान सक्ने एजेन्सी —

Abortion Pregnancy sex problem

विशेष