समाज

वास्तुशास्त्रअनुसार घरकाे कुन दिशामा कस्तो रङ लगाउने

वास्तुशास्त्रअनुसार घरकाे कुन दिशामा कस्तो रङ लगाउने
भदाै - २५ । घर वास्तु मिलाउनु भनेको पञ्चतत्वको सन्तुलन कायम राख्नु हो । वास्तु सन्तुलन कायम राख्न उचित दिशामा उचित रङको समायोजन गर्नुपर्ने ज्योतिषहरुले बताउने गर्दछन् । Colorful-Color-Combination-For-Modern-Home ज्यातिषशास्त्रका अनुसार घरको उत्तर दिशा भनेको जलको क्षेत्र हो । त्यसैले यो दिशामा निलो रङ प्रयोग गर्नुपर्छ । निलो रङ प्रयोग गर्दा उत्तर दिशाको वास्तु दोष निवारण हुन्छ । त्यस्तै, पूर्वमा हरियो रङ प्रयोग गर्नु लाभकारी हुन्छ । यसले सामाजिक सद्भाव तथा व्यवसाय राम्रो बनाउने गर्दछ । पूर्व दक्षिण र दक्षिणमा रातो रङ प्रयोग गर्दा घरको आर्थिक समस्या समाधान गर्न सहयोगी हुन्छ ।  दक्षिण पश्चिममा पहेलो रङ लगाउनु राम्रो हुन्छ । यो स्थानमा पृथ्वी तत्व हुन्छ । घरको मूल आधार क्षेत्र रहेको यो स्थानलाई पितृ स्थान पनि मानिन्छ । यहाँ सन्तुलन भएमा अन्य क्षेत्रमा भएका धेरै समस्या समाधान हुन्छ । अन्य क्षेत्रको दोष पनि यहाँबाट निवारण गर्न सकिन्छ । पश्चिम दिशामा सेतो रङ लगाउदा आम्दानी बचत हुन्छ । यसका साथै यसबाट बच्चाहरुको शैक्षिक आम्दानी पनि राम्रो हुन्छ । उत्तर पश्चििममा पनि पहँेलो रङ लगाउन पर्दछ । यसरी रङ मिलाउँदा एउटाले अर्काेलाई सहयोग गर्दैँ वास्तु दोष निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । घरमा रङको सन्तुलन मिलाएमा जति फाइदा हुन्छ, त्यति नै बेफाइदा रङको सन्तुलन नमिलेमा हुनसक्छ ।

Color in the house good color for house House Pint

विशेष