स्वास्थ्य

कुकुरले टोक्ने कारण र टोकाइबाट बच्ने उपाय

कुकुरले टोक्ने कारण र टोकाइबाट बच्ने उपाय
Dog Bite भदौ – २२ । कुकुरलाई मानिसको पुरानो साथी मानिन्छ । कुकुरको स्याहासुसारमा संलग्न व्यक्ति शारीरिक रूपमा क्रियाशील रहने तथ्य पनि बाहिर आएको छ । कुकुरलाई स्याहारसुसार गर्दा तथा खेल्दा, डुल्दा मानिस क्रियाशील रहने गर्दछन् । कुकुरकै स्याहारमा लागेका मानिसहरु रक्तचाप मोटेपनना जन्य रोगबाट केही हदसम्म टाढा रहने गर्दछन् । तर, यति हुदाहदै पनि कुकुरलाई राम्रोसाग हेरचाह नगर्दा वा अनावश्यक रूपमा जिस्क्याउँदा भने घरमै पालिएको कुकुरले पनि टोक्ने गर्दछ । कुकुरले विभिन्न समयमा कुकुरधनी, परिवारका सदस्य, अनजान मानिसलाई टोकेर समस्या सिर्जना गरेको दखिन्छ । कुकुरको टोकाइको समस्याबाट प्रभावित हुने करिब ७७ प्रतिशतजति व्यक्ति कुकुरधनीका आफन्त वा चिनजानका मानिस रहेका हुन्छन् । कुकुरको टोकाइबाट चार वर्षभन्दा मुनिका बालबालिका बढी जोखिममा पर्ने गरेका छन् । कुकुरले टोकेकामध्ये करिब ६० प्रतिशत बच्चा रहेको एक अध्ययनले देखाएको छ । आखिर कुकुरले किन टोक्छ यसका कारण तथा बच्ने उपाय यस्ता छन् ः कुकुरले टोक्ने कारण केटाकेटीले कुकुरसँग अनावश्यक रूपमा जिस्किएमा । कुकुरनजिक पुग्दा डराउने वा दौडेर भाग्ने गरेमा । कुकुरलाई आवश्यक तालिम एवं सामाजिकीकरण गर्न नसकेमा । कुकुरको साना साना बच्चा चलाएमा । कुकुरलाई अनावश्यक रूपमा उचाल्ने, पछार्ने, घिसार्ने गरेमा रिसले टोक्नसक्छ । कुकुरको टोकाइबाट बच्ने उपाय भुस्याहा, फिरन्ते, अपरिचित कुकुरनजिक पुग्दा अलि सावधान हुनुपर्छ । साना केटाकेटीलाई कुकुरनजिक एक्लै छोड्नु हुँदैन । केटाकेटीलाई कुकुरनजिक जाँदा चनाखो हुन सिकाउनुपर्छ । बालबालिकालाई अपरिचित कुकुरसँग खेल्न, जिस्कनभन्दा पहिले सम्बन्धित कुकरधनीसँग अनुमति लिन सिकाउनुपर्छ । कुकुरले लखेट्ने, समात्नेजस्ता कार्य मन नपराउने भएकाले कुकुरअगाडि पुग्दा भाग्ने, दौडने गर्नु हुँदैन । कुकुरले आफ्ना बच्चालाई दूध चुसाइरहेका वेला, सुतेका वेला अथवा खाना खाइरहेका वेला जिस्काउन, चलाउन हुँदैन । कुकुरले भुकेको वेला तपाईं अगाडि आइपुग्नुभयो भने नभागी शान्त भई उभिने गर्नुपर्छ । यसबाट कुकुरले खतरा नभएको ठान्नेछ र आफैँ आफ्नो बाटो लाग्छ । कुकुरले झम्टिन खोजेमा शान्त भई उभिनुपर्छ तर्सिनुहुदैन्

Dog Bite

विशेष