स्थानीय निकायको सीमाङ्कनमा कैलालीबाट दुई प्रस्ताव

भदौ - २२ । कैलाली जिल्लामा प्रस्ताव गरिएको स्थानीय तहको सङ्ख्यामा विरोध भएपछि दुईवटा खाका सिमाना निर्धारण आयोगलाई सिफारिस गर्न लागिएको छ ।
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति कैलालीका अधिकृत योगेन्द्र ओझाले समितिले दशवटा स्थानीय निकाय बनाउने प्रस्ताव गरेकामा यसमा विरोध भएपछि समितिले विकल्पका रुपमा सङ्ख्या थपेर १३ वटा बनाउने अर्को खाका पनि सिफारिस गर्न लागेको बताए ।
प्राविधिक समितिले सरोकारवालासँग पटकपटक गरेको छलफल अन्तक्र्रियाबाट प्रस्तावित खाकामा सहमति जुट्न नसकेपछि समितिले प्रस्ताव गरेको १० र १३ तहको दुईवटा विकल्पसहितको खाका पठाउन लागिएको हो ।
विकल्पका रुपमा पठाइने अर्को १३ वटा स्थानीय तहको जनसङ्ख्या भौगोलिक अवस्थालगायतका विषयमा विस्तृत रुपमा अध्ययन गर्न भने बाँकी रहेको अधिकृत ओझाले बताए । रासस
Kailali
