देश

राैतहटमा एमाले नेता पाेखरेलकाे पुत्ला जलाइयाे

राैतहटमा एमाले नेता पाेखरेलकाे पुत्ला जलाइयाे
भदौ – २२ । सामाजिक सञ्जाल ट्वीटरमा विवादास्पद टिप्पणी लेखेर विवादमा तानिका शंकर पोखरेलको पुत्ला दहन गरिएको छ । विवादास्पद टिप्पणी गरेर मधेस तथा मधेसी समुदायलाई होच्याएको भन्दै रौतहट सदरमुकाम गौरको विपीचोक लगायतका स्थानमा बुधबार विहान पोख्रेलको पुत्ला जलाइएको हो । Shankar-Pokhrel ट्वीटरमा विवादास्पद टिप्पणी गरेर मधेस तथा मधेसी समुदायलाई होच्याएको पोख्रेलमाथि आरोप लागेको छ । पोखरेलविरुद्ध मधेसी पत्रकार संघका अध्यक्ष पंकज दासले महानगरीय प्रहरी परिसरमा किटानी उजुरी दिएका छन् । पोख्रेलविरुद्ध दर्ता भएको उजुरीमा आपत्तिजनक ट्विट गरेर सामाजिक सदभाव बिगार्ने काम गरेकाले कारबाही गर्न माग गरिएको छ । shankar-status उनको अभिव्यक्तिको सामाजिक सञ्जालमा चर्को विरोध भएपछि पोख्रेलले आफ्नो ट्वीट हटाएका थिए । यसैबीच समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले पोख्रेलविरुद्ध प्रहरीले उजुरी लिन अस्वीकार गरेको भन्दै अब अदालत जाने बताएका छन् ।

विशेष