स्वास्थ्य

खाना खाँदा धेरै पानी पिउनुहुन्छ ? होशियार

खाना खाँदा धेरै पानी पिउनुहुन्छ ? होशियार
drinking_water_between_mealsभदौ २२ । खाना खाने बित्तिकै पानी खाइहाल्नुलाई उचित मानिदैन । हाम्रो शरिरको लगभग ६० प्रतिशत भाग पानी भएकाले पानी पर्याप्त मात्रामा पिउनुपर्छ भन्ने जानकारी त हामी सबैलाई छ । तैपनि पानी पिउने पनि उचित समय हुन्छ । कतिपय मानिसलाई पानी पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ । बैज्ञानिक दृष्टिकोणबाट पानी हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो । यदि तपाई खानासँग धेरै पानी पिउनु हुन्छ भने यसले पित्त र पेटमा अम्लको आवश्यक स्तरमा असर पार्न सक्छ । यसबाट तपाईंको खाना ठीक तरिकाले पचाउन नसकेर पेटमा अन्य विषाक्त तत्व जम्मा हुन् शुरु हुन्छन् । खाना खानभन्दा ३० मिनेट पहिला पानी पिउनु राम्रो हुन्छ । खाना खानु भन्दा ३० मिनेट पहिला पानी पिउदा त्यसले खाना खाइरहेको समयमा पानी पिउने बानी हट्दै जान्छ । खाना पचाउने रसले त्यसपछि आफ्नो काम राम्रोसँग गर्न सक्छ । त्यस्तै खाना खाएको ३० मिनेट पछि पानी पिउनाले खाना सजिलोसँग पचाउन मद्धत सकिन्छ र शरीरलाई चाहिने आवश्यक पानीको मात्रा पनि पुग्छ । हामी प्रायजसो मसला बढि भएको , चिल्लो र पिरो खानेकुरा रुचाउँछौ । तर स्वस्थको लागि सादा खानाा नै राम्रो हुन्छ । सादा खाना खाँदा पानी धेरै पिइरहनुपर्ने जरुरी हुँदैन । दिनभरी एक पटक पनि पानी पिएको छैन भने खानासँग थोरै पानी पिउन सकिन्छ किनकी शरीरमा पानीको मात्रा कम भयो भने खाना सजिलै पचाउन गाह्रो हुन्छ साथै एसिडिटी पनि हुन जान्छ । एजेन्सी —

Drink water between meal is not good Water Water for health

विशेष