चारजना सवार मोटरसाईकल दुर्घटना हुँदा एककाे मृत्यु, ३ जना घाईते

भदौ - २२ । बर्दियाको गुलरिया राजापुर सडक अन्र्तगत कोठीयाघाट पुलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तिन जना घाईते भएका छन् ।
[caption id="attachment_2575" align="alignleft" width="300"]
Scene of a car crash[/caption]
बर्दियाको गोलाबाट ताराताल आउँदै गरेको बा ३७ प ५०८० नम्बरको मोटरसाईकल खैरीचन्दनपुर ५ कोठीयाघाट पुलमा दुर्घटना हुँदा गोला ९ का ३५ वर्षिय टपेन्द्र ऐडीको ज्यान गएको हो ।
ऐडीलाई उपचारका लागि सदमुकाम गुलरिया जिल्ला अस्पलात लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मोटरसाईकलमा सवार अन्य तीन जना घाईते भएका छन । घाईते हुनेहरुमा गोला ९ का मंगल थारु, खडकराज अधिकारी र राजकुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।
घाईते तीनै जनालाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।
Bardiya
road accident
