कर्पोरेट

भाइबरबाट ५२ देशमा निःशुल्क फाेन गर्न सकिने

भाइबरबाट ५२ देशमा निःशुल्क फाेन गर्न सकिने
Viberभदाै - २२ । भाइबरबाट राति ८ बजेदेखि १० बजेसम्म विभिन्न ५२ मुलुकहरुमा निःशुल्क फोन गर्न सकिने भएकाे छ। भाइबर आउटबाट ५२ मुलुकका ल्याण्डलाइन वा मोबाइल फोनमा १० मिनेटसम्म निःशुल्क कुरा गर्न सकिने छ। अफर सेम्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म लागू हुने भाइबरले जनाएको छ। यसका लागि कल गर्न चाहेको व्यक्तिको नम्वर थिचेर भाइबर आउट कललाई छनौट गर्नुपर्नेछ। अथवा भाइबरको किप्याडमा चाहेको नम्वर डायल गरेर यो सेवा लिन सकिने छ। यसका लागि देशको कोड भने सही थिच्नुपर्दछ।  

Vibe Free Call

विशेष