कास्कीमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

भदौ २३ । कास्कीको पोखरास्थित लेखनाथ नगरपालिकामा पहिरोमा परी दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । राति गएको पहिरोमा परी निद्रामा परेका चार जनाको मृत्यु भएको हो । घरमा भएका दुई महिलाले भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
लेखनाथ नगरपालिकामा ठूलो वर्षा भएसंगै आएको पहिरोमा परी मृत्यु हुनेहरु ६ वर्षदेखि १४ वर्षसम्मका बालबालिका रहको जनाएको छ ।
Pahiro