इतिहासमा आज

आज ३७ औं शिक्षा दिवस

आज ३७ औं शिक्षा दिवस
education-day भदौ २३ । ‘समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लगानी’ नाराका साथ आज ३७ औं शिक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको अवसर पारेर वि.सं. २०३१ सालबाट फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस देशमा गणतन्त्रको स्थापना भएपश्चात अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन (सेप्टेम्बर ८) मा मनाउन थालिएको छ । यो दिन अन्तर्रा्ष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस सँगसँगै मनाउने गरिएको छ ।

जीवन उपयोगी शिक्षामा लगानी नारा तय गरेको भएपनि शिक्षामा राज्यले गर्ने लगानी वर्सेनि घट्दो छ । विगतमा मुलुकको कुल बजेटको १७ प्रतिशतसम्म शिक्षामा छुट्याइने गरेको मा वर्सेनी घट्दै गएर योपल्ट करिब ११ प्रतिशतमा झरको छ ।

सरकारले सामुदायीक विद्यालयमा लागनी गरेको भएनपनि त्यसबाट प्रतिफल भने त्यति राम्रो नआएको शिक्षाविद्हरु स्विकार गर्दछन् । पछिल्लो समय अंग्रेजी माध्यमका विद्यालय र विद्यार्थीका रोजाइ हुन् । सार्वजनिक विद्यालय त्यही कारण रित्तिदै र कमजोर सावित हुँदै गएका छन् ।

Education Day

विशेष