मनोरञ्जन

मनिषा कोइरालाले विवाह गर्ने

मनिषा कोइरालाले विवाह गर्ने
manisha-koirala_660_101713115816 बलिउडमा गहिरो छाप पारेकी नेपालकी अभिनेत्री मनिषा कोइरालामा पुनः विवाह गर्ने सोच पलाएको छ । भारतको एक प्रतिक्षित मिडियासँगको कुराकानीमा उनले विवाहको विषयमा आफ्नो मनपेट खोलेकी छिन् । मनिषा सन् २०१०मा आफु भन्दा चार वर्ष कान्छा सम्राट दाहालसँग विवाह बन्धन गाँसिएको थियो । विवाह भएको दुई वर्ष नबित्दै यी दुईको सम्बन्ध बिच्छेद भएको थियो । उमेरले ४६ लागेकी यी अभिनेत्री अहिले बच्चा एडप्ट गर्ने सोचमा छिन् । आफूलाई परिवारसँग बस्न मन लागेको तर परिवार सबै नेपालमा भएकाले बस्न नमिलेको र एक्लो महसुस भएकाले उनमा बच्चा एडप्ट गर्ने सोच पलाएको हो । ‘विवाह गर्न कसलाई मन लाग्दैन र ? त्यो ठूलो कुरा हो । योग्य वर फेला परे पक्कै विवाह गर्छु तर हालको लागि भने बच्चा एडप्ट गर्न चाहन्छु ।’ मनिषले थपिन् ।

bibaha garne manisha koirala

विशेष