स्वास्थ्य

तितेकरेलाका फाइदा तथा बेफाइदा

तितेकरेलाका फाइदा तथा बेफाइदा
titekarela भदाै -२३ । तितेकरेला मानव स्वास्थ्का लागि बहुउपयाेगी तरकारी हाे । यसकाे सेवनबाट निम्न फाइदा हुने देखिन्छ १.करेलामा भिटामिन बी १, बी २, बी ३, भिटामिन सी, म्याग्नेसियम, फोलेट, जिंक, फस्फोरस, आइरन, फाइबर क्यालोरी, क्यारोटिन, क्याल्सियम र पोटासियम प्रशस्त मात्रामा पाइन्छन् जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ । २.करेलामा इन्सुलन पाइन्छ । करेलाबाट डायबेटिजका रोगीलाई लाभ मिल्छ । ३.करेलाले अान्द्रामा ग्यास उत्पन्न हुने सम्स्या भएकाहरुका लागि पनि करेला गुणकारी मानिन्छ । ४.करेला खानाले शरीरमा रहेका अनावश्यक बोसो कम हुन्छ । ५.यसले मुटुलाई स्वस्थ राख्नुका साथै रक्तसञ्चारमा पनि फाइदा पुर्याउँछ ।  ६.करेला खाने बानी विकास गरेमा क्यान्सरको खतरा हटेर जान्छ ।  ७.यसले ल्यूकेमिया र रगतसम्बन्धी रक्तअल्पताजस्ता समस्याबाट छुटकार दिन्छ । करेलाका बेफाइदा यस्ता छन् ः १.रक्तचाप कम भएका विरामीले नियमित खानु हुँदैन् । २.डाइभेटिजको औषधी खानेलाई पनि यसले असर गर्दछ ।  ३.गर्भवती महिलाले बढी मात्रामा करेला खानुहुँदैन् ।

befaida titekarela ka faida

विशेष