
भदाै - २३ । केही म्यूजिक भिडियो खेलेर चर्चामा आएका मोडेल दिपेश कार्की र नायिका जेनिशा केसीबीचको सम्बन्धको चर्चा चलेको हल्ला बाहिर आएको छ । हालै सार्वजनिक भएको केही तस्बीरहरुले नायिका केसीले मोडेल कार्कीसँग नजिकको सम्बन्ध बनाइरहेकी देख्न सकिन्छ ।

हालै सार्वजनिक भएको ति तस्बिरहरु जेनिशाले कोटेश्वरमा सञ्चालनमा आएको ड्रागो क्याफेको लागि मोडेल कार्कीसँग फोटो खिचाएकी हुन् । तस्बीरमा उनी बोल्ड रुपमा देखिएकी छिन् ।

उनीहरुले राजेशपायल राईको एउटा म्यूजिक भिडियोमा काम गरेसँगै उनीहरुको भेट भइरहको बताइएको छ । त्यस पछि उनीहरु बीच नजिकको सम्बन्ध रहेको छ ।
नायिका जेनिशा केसी पछिल्लो समय केही फुर्सदिली देखिएकी छिन् । यस वर्ष प्रदर्शनमा आएका जेनिशाका दुईवटा फिल्मले औसत ब्यापार गरेका छन् । मोडेल दिपेश कार्की भने केही म्युजिक भिडियोमा मात्र काम गरेका छन् भने उनले होटेल व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।
dipesh karki
jenisha kc
Model