Technology

एप्पल सिरिज –२ का स्मार्टवाच सार्वजनिक

एप्पल सिरिज –२ का स्मार्टवाच सार्वजनिक
smart watch भदाै - २३ । बुधबार अमेरिकन मोबाइल कम्पनी एप्पलले स्मार्ट वाच एप्पल सिरिज–२ सार्वजनिक गरेको छ । एप्पलले उक्त स्मार्ट एप्पल सिरिज क्यालिफोर्नियामा गरेको हो । कार्यक्रममा आइफोन सेभेन र आइफोन सेभेन प्लस एप्पल वाच सिरिज –२ सार्वजनिक गरिएको हो। यो एप्पल वाचमा जिपिएस जडान गरिएको,चम्किलो डिस्प्ले र द्रुतगतिको प्रोशेसरको व्यवस्था एप्पल कम्पनीले गरेको हो । यो अब सेप्टेम्बर १६ देखि नै बजारमा उपलब्ध हुुने पनि एप्पलले जानकारी दिएको छ । एप्पलका अनुसार आफ्नो विगतको स्मार्टवाचमा कमजोरीका रुपमा रहेको ब्याट्री क्षमता यस पटकको स्मार्ट वाचमा गुण्स्तरीय बनाएको छ । एप्पलले यो पनि भनेको छ की यस स्मार्ट वाचमा वाटर रेसिस्टेन्ट क्षमता भएको र यसको प्रयोग पौडी खेल्दासमेत प्रयोग गर्न सकिने छ । एप्पलका अनुसार छिट्टै यस वाचमा पोकेमन गो र न्यु मारियो गेम समेत खेल्न सकिने छ । एस–२ नाम दिइएको यस स्मार्ट घडीमा ड्यिुल कोर प्रोसेसर रहेको र यसमा डबल ग्राफिक्स जिपियु रहेको एप्पलले जानकारी दिएको छ । यसको मूल्य ३ सय ६९ युरो रहेको छ । यि एप्पल स्मार्ट वाच गोल्ड, रोज, गोल्ड सिल्भर र स्प्रेस ग्रे एल्मानियममा उपलब्ध हुनेछ ।

apple - 2 apple watch smart watch

विशेष