खेल

चेस ओलम्पियाडमा नेपालको सफलता कायमै

चेस ओलम्पियाडमा नेपालको सफलता कायमै
chess-600 भदौ – २३ । अजरबैजानको बाकुमा जारी ४२ औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले अर्को जित निकालेको छ । नेपालले माल्टामाथि ३–१ को जित हासिल गरेको हो । तर महिला टोली भने त्यति नै अन्तरमा आइल्यान्डसँग पराजित भयो ।  नेपालका फिडे मास्टर विलमलाल श्रेष्ठले पाँचौं चरणमा डुनकान भिल्लालाई पराजित गरे । उनी र भिल्ला समान २०१७ रेटेड खेलाडी हुन् । विलमलालले व्यक्तिगत ४ अंक जोडेका छन् । जितसँगै सजिन क्यान्डिडेट मास्टरको उपाधितर्फ अग्रसर भएका छन् । ३.५ अंक बटुलेमा सजिन क्यान्डिडेट मास्टर हुनेछन् । २०९९ रेटेड केशव श्रेष्ठ भने माथिल्लो रेटेड कोलिन पेसी (२१७२) सँग पराजित हुँदा २०१५ रेटेड क्षितिज भण्डारीले २०५७ रेटेड क्लारेन्स पिसेलालाई हराए । छैटौं चरणमा नेपालले पुरुषतर्फ कोलम्बिया र महिलातर्फ ग्वामसँग प्रतिस्पर्धा गर्नेछ ।

ajarbaijan chess Nepali

विशेष