खेल

एएफसी सोलिडारिटी कपकोे खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा

एएफसी सोलिडारिटी कपकोे खेल तालिका सार्वजनिक, नेपाल समूह ‘ए’ मा
afc भदौ – २३ । एएफसी सोलिडारिटी कप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।  यो कप एशियाली फुटबल महासंघ (एएफसी)को आयोजनामा हुन लागेको हो । एएफसी च्यालेन्ज कपको विकल्पमा अघि सारिएको यस प्रतियोगिताको लोगो तथा खेलतालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता मलेसियामा आागामी नोभेम्बर २ देखि १५ तारिखसम्म हुनेछ । प्रतियोगितामा ८ वा ९ टोलीको सहभागिता रहने एएफसीले जनाएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । २०१८ को विश्वकप र २०१९ को एसियन कप छनौटबाट बाहिरिइसकेका ६ टोलीलाई फिफा बरियताको आधारमा क्रमैसँग राखिएको छ । जसमा नेपाल, श्रीलंका, पाकिस्तान, मकाउ, ब्रुनाई र मंगोलियालाई समावेश गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र ब्रुनाइ छन् । साथै इस्ट टिमोर र ताइवान तथा भुटान र बंगलादेशबीच एक टोली समूह ‘ए’मा रहनेछन् । एएफसीका अनुसार भुटानले प्रतियोगिता खेल्न इच्छा देखाएको छैन । समूह बीमा श्रीलंका, मकाउ र मंगोलिया छन् । यस समूहको अर्को टोली माल्दिभ्स र लाओसमध्ये एक हुनेछ । दुई समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् । लामो समयसम्म अन्तराष्ट्रिय प्रतियोगिता खेल्न नपाउने फिफा बरियातामा पछिल्ला क्रममा रहेका एशियाली मुलुकका टोलीहरुलाई समेटेर एएफसीले नयाँ प्रतियोगिताको अवधारणा ल्याएको हो । एफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि यसलाई त्यसैको विकल्पको रुपमा समेत हेरिएको छ ।

afc footbal tabul

विशेष