खेल

सेरेना सेमिफाइनलमा, मुर्रे क्वाटरफाइनलबाटै बाहिरिए

सेरेना सेमिफाइनलमा, मुर्रे क्वाटरफाइनलबाटै बाहिरिए
Serena भदौ – २३ । विश्व नम्बर एक महिला टेनिस खेलाडी अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् । बिहीबार भएको क्वाटरफाइनलमा छैटौं बरियताकी सिमोना हालेपलाई हराएर सेरेनाले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् । ६ पटकको विजेता सेरेनाले सिमोनालाई ६–२, ४–६ र ६–३ को सेटमा हराएकी हुन् । सेरेनाले समेमिफाइनलमा १० औं बरियताकी चेक रिपब्लिककी कारोलिना लिस्कोवासँग खेल्ने छिन् । यस्तै पुरुष तर्फ विश्व नम्बर दुई बेलायती एण्डी मुर्रे युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । बिहीबार नै भएको खेलमा जापनका केइ निशिकोरिले मुर्रेलाई हराएका हुन् । सातौं बरियताका निशिकोरिले मुर्रेलाई १–६, ६–४, ४–६, ६–१ र ७–५ को सेटमा हराएका हुन् ।

andi murre Serena Williams

विशेष