खेल

फुटबलमा छाउँदै स्वारेज

फुटबलमा छाउँदै स्वारेज
luis-suwarez भदौ – २३ । ७५ मिलियन पाउण्डमा बार्सिलोना गएका ल्वीस स्वारेज आफूलाई उत्कृष्ट सावित गरेर देखाएका छन् । उरुग्वेका २९ वर्षीय यी स्ट्राइकरले अहिलेसम्म ९९ खेल खेलेका छन् र ८८ खेल गरिसकेका छन् । स्वारेज अब आफ्नो १००औँ खेलको तयारीमा छन् । सम्भवत शनिबार बार्सिलोनाले आल्भेससँग खेल्दा  उनले आफूले गोल मात्र गरेका छैनन् तर लिओनल मेस्सी र नेयमारसँग राम्रो पार्टरसीप पनि गरेका छन् । एमएसएन ट्रिओले गत सिजन बार्सिलोनाका लागि १३१ गोलको कीर्तिमान बनाए । यसक्रममा स्वारेजले ४३ गोलका लागि एसिस्ट समेत गरे । स्वारेजको गोल र एसिस्टको मदतमा बार्सिलोनाले ९९ खेल मध्ये ८० मा जित हात पारेको छ । स्वारेज खेलेको खेल मध्ये जम्मा आठ बराबरी खेलेको छ भने ११ खेलमा मात्र हार व्यहोरेको छ ।

luis suwarez

विशेष