समाज

द्वन्द्वका मुद्धामा अरबौंको खेल भइरहेको भट्टराईको आरोप

द्वन्द्वका मुद्धामा अरबौंको खेल भइरहेको भट्टराईको आरोप
baburam-bhattarai भाद्र - २३ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले द्धन्दका घटनालाई सत्य तथा मेलमिलाप आयोगबाट टुंग्याउनुको साटो त्यसैमा नाफा कमाउन केही तत्वहरु लागि परेको बताएका छन् । जनयुद्धका शहिद सुरेश वाग्ले र भिमसेन पोख्रेलको १८ औं स्मृति सभामा बोल्दै भट्टराईले भने, 'सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गरिएको छ, तर दुर्भग्य नेपालमा जुनसुकै कामको सुरुवात गर्दा गलत र अवसरवादी तत्वहरुको घुषपैठ हुन्छ । र ती तत्व विपत्तिमा पनि लाभ लिने निकृष्ठ चरित्रका छन् जसले काम गर्न दिँदैनन ।’ उनले डलरको भरमा द्धन्दका मुद्दालाई पालैपालो उठाएर अरवौंको खेती भइरहेको टिप्पणी गरे । संयोजक भट्टराईले वृहत शान्ति सम्झौताले मेलमिलापको वातावरण बनाउन आयोग गठनको कल्पना गरेको दाबी गरे । मेलमिलापको बातावरण बनाउन’को साटो मुद्धा गिजोल्न एक थरी जमात लागिपरेको उनको टिप्पणी थियो । उनले सो जमातमा को को छन् भन्ने प्रष्ट गरेनन् । सभामा बोल्दै शहिद सुरेश वाग्लेका छोरा दिपक वाग्लेले अग्रगामी परिवर्तनको लागि युद्ध र आन्दोलनमा रगत बगाउने योद्धाको सम्मान सँधै उच्च हुनुपर्नेमा जोड दिए । यसैगरी शहिद भिमसेन पोख्रेलका भाई रमेश पोख्रेलले बलिदानिबाट आएको गणतन्त्र र राजनीतिक व्यवस्था भ्रष्ट र तस्करहरुले अपहरण गरेको भन्दै रोष प्रकट गरे । सुरेश वाग्ले र भिमसेन पोख्रेललाई २०५६ साल भाद्र २३ गते गोरखाको गाँखु गाविसमा घेराहालेर तत्कालीन सेनाले हत्या गरेको थियो । नेपालमा यस्तो दुवै खालका प्रवृत्तिहरु द्वन्द्वबाट लाभ लिने निकृष्ठ खाले प्रवृत्ति छ त्यसको हामीले अन्त्य गर्नुपर्छ । त्यसको हल भनेको सत्य निरुपण मेलमिलापको आयोगको जुन स्प्रिटमा वृहत शान्ति सम्झौताको अभिन्न अंगको रुपमा आयोगको त्यो परिकल्पना गरिएको थियो र म नै प्रधानमन्त्री भएको बेलामा यसलाई कानुन सम्बन्धी अध्यादेश जारी गरेर मात्रै मैले त्यसलाई छोडेको थिए । मेरो सरकारले गरेको अन्तिम काम नै त्यही थियो । अध्यादेश जारी नभएसम्म मैले हस्तान्तरण गर्दिन भनेपछि अन्तिममा राष्ट्रपतिले हस्ताक्षर गरेपछि मैले सत्ता हस्तान्तरण गरेको थिए । त्यसरी स्थापना गरेको चिज अहिले ३–४ वर्षसम्म भइसक्दा पनि तिनै तत्वहरुले अगाडि बढ्न दिएका छैनन् । समाधान हुन दिएका छैनन् । त्यसको विरुद्धमा हामीले आवाज उठाउँनै पर्छ । नेपाललाई लामो समयसम्म द्वन्द्वमा फसाइराख्ने समय हामीसँग छैन । केही मान्छेहरुले यसलाई गलत नियतले अगाडी बढाइरहेका छन् । सत्य निरुपण मेलमिलापको आयोग र मेलमिलाप आयोगलाई कामकाजी बनाएर ०५२ साल फागुन १ बाट ०६३ साल मंसिर ५ गतेसम्म भएका सबै घटना त्यसमा जानु पर्छ र त्यसले नै सत्यको छानविन गरेर त्यसको टुंगो लगाउनु पर्ने बताए । यही नै शान्ति परक्रियाको मूल मर्म हो । अहिले विभिन्न वहानामा मुद्दा मामिला गर्ने र एउटा–एउटा विषय उचाल्ने काम भइरहेको छ । त्यसमा नयाँ शक्ति पार्टीको स्पष्ट धारणा छ, ती मुद्दाहरुलाई सत्य निरुपण मेलमिलापको आयोगले छानविन गर्नुपर्छ र पीडित पक्षलाई न्याय दिनुपर्छ । कथनकदाचित गम्भिर प्रकारका मानव अधिकार विरोधी कामहरु भएका रहेछन् भने एउटा विशेष अदालतको स्थापना गरेर त्यसमार्फत निरुपण गरिनु पर्छ । त्यो नै वृहत शान्ति सम्झौताको मर्म हो । त्यसकारण त्यो बाहेक अलग–अलग तरिकाले मुद्दाहरु लगाएर समस्याको हल हुँदैन । म नयाँ शक्ति पार्टीको तर्फबाट भन्न चाहन्छु, हामी कुनै पनि त्यस्ता पूर्वाग्रहमा पर्नु हुँदैन, कुनै पनि उक्साहटमा आउनु हुँदैन । त्यस्ता कुनै समस्या भए अब ढिला नगरी सत्य निरुपण मेलमिलापको आयोगमा ल्याएर त्यसलाई समाधान गर्नुपर्छ । सुरक्षाकर्मी साथीहरुसँग पनि कुरा भइसकेको छ । म प्रधानमन्त्री भएकै बेला मैले नै कुमार लामा गिरफ्तारी गर्ने कुनै अधिकार छैन भन्ने मेरो कडा वक्तव्य गएको थियो । उनको गिरफ्तारीका निम्ति सम्पूर्ण जिम्मेवारी सरकारले लिन्छ भन्ने कुरा पनि मैले भनेको थिए । सायद त्यही कुरा सम्झेर पनि होला, 'मलाई हिजो कुमार लामाले फोन पनि गर्नुभएको थियो र धन्यवाद पनि दिनुभयो । उहाँले सम्झना गरिराख्नु भएको रहेछ, सरले यति गर्नुभाकोले मैले मुद्दा जिते’ भन्दै थिए । यो कुनै व्यक्तिको मात्रै कुरा थिएन । यदि हामी संकिर्ण हुन्थ्यौ भने हामी आफ्नो पक्षमा मात्रै कुरा गथ्र्याै नि । तर हामीले त्यसो नगरिकन यो देशको मुद्दा हो, हाम्रो शान्ति प्रक्रियाको मुद्दा हो भनेर चाहे हिजोका सुरक्षाकर्मी हुन् या माओवादी हुन् हामी सबैले आग्रह पूर्वाह्र नराखीकन यसको समाधानतर्फ लाग्नुपर्छ र पीडित पक्षलाई न्याय दिनुपर्छ र मेलमिलापको तरिकाले समस्यालाई टुंगाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । त्यसैले सबै साथीहरुलाई म आग्रह गर्न चाहन्छु हामीले पनि आ–आफ्नो ठाउँमा एउटा वातावरण बनाऊ । अब विभाग बनेको छ, घाइते द्वन्द्वपीडित उनीहरुको समस्याको समाधानका लागि पहिले नै सरकारको ध्यानाकर्षण हामीले गराएका हौं, हामी फेरि पनि गराउँछौं र आवश्यक पर्दा जनदवाव सिर्जना गरेर पनि हामीले छिटो भन्दा छिटो यसलाई हल गर्नका निम्ति पहल गर्छाै । यसमा ढुक्क रहन हाम्रा सहिद परिवार र वेपत्ता परिवारका साथीहरुलाई आग्रह गर्न चाहन्छु । खासगरी हाम्रो सहिद सुरेश वाग्लेका छोरा दीपक वाग्ले र भीमसेन पोखरेलका भाई रमेश पोखरेलजीले जुन कुरा राख्नुभएको छ त्यसलाई हामी मान गर्नेछौं । नयाँ शक्ति पार्टीले त्यसको सम्पूर्ण जिम्मेवारी लिन्छ । कैयौ मानिसले भन्ने गर्छन्, नयाँ शक्ति पार्टीले हिजोको त्यो सम्पूर्ण कुरा विर्सियो, त्यो गलत हो हामी त्यसको जगमा उभिएर लोकतन्त्रको जगमा उभिएर नै समृद्ध नेपालको कल्पना गरिरहेका छौं । पृथ्वी नारायण शाहदेखि भीमसेन थापासम्मको राज्यको राज्यको विस्तारको इतिहासलाई पनि हामी सम्मान गर्छाै र भीमसेन थापादेखि सुरेश वाग्लेसम्मको बलिदानको इतिहासलाई पनि सम्मान गर्छाै र अब त्यही जगमा टेकेर अब शान्ति कायम गर्ने र शान्ति र स्थिरताको जगमा समृद्ध नेपाल निर्माण गर्ने जसले नेपाललाई गरिवी र वेरोजगारीबाट मुक्त गर्छ ।

baburam bhattarai donda ka ghatana]

विशेष